Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस भक्तपुर सभापतिमा दुर्लभ थापा विजयी

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको जिल्ला सभापतिमा दुर्लभ थापा विजयी भएका छन्। जिल्ला अधिवेशनबाट पार्टी सभापति शेरबहादुर देउवानिकट थापा सभापतिमा निर्वाचित भएका हुन्।

थापाको यो दोस्रो कार्यकाल हो। १३ औं महाधिवेशनमा पनि थापा नै सभापतिमा निर्वाचित भएका थिए। सोमबार सम्पन्न मतदानको परिणाम अनुसार केन्द्रिय सभापति शेरबहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त गरे।

उनका निकटतम प्रतिद्वन्द्वी अष्ट कुमार कवेँले ४ सय ४२ मत ल्याए। अघिल्लो पटक पनि थापा र कवेँनै सभापति पदमा प्रतिस्पर्धी थिए। उपसभापतिमा पनि थापा निकट समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भएका छन्।

सचिवमा पनि सोही समूहकै सुशिल बस्नेत र राजेश खड्का विजयी भए । सहसचिव पदमा सभापति थापा समूहकै यादव प्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपानेले जित हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077