Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नेपाली कांग्रेस कपिलवस्तु सभापतिमा कलाम विजयी

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु जिल्ला सभापतिमा अब्दुल कलाम खाँ विजयी भएका छन्। कलामले निकटतम प्रतिद्वन्द्वी राजेश आचार्यलाई १०९ मतान्तरले हराएका हुन्।

एक हजार ७६५ मत खसेकोमा कलामले ९२८ र राजेश आचार्यले ८१९ मत प्राप्त गरेका थिए। कलाम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने आचार्य सभापति शेरबहादुर देउवा पक्षका हुन्।

यस्तै उपसभापतिमा रजतराज आचार्य र हुमकान्त खनाल, सचिवमा शक्तिसिंह ठकुरी र प्रेमबहादुर सिंह रायमाझी विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077