Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमल थापालाई ६ वटै प्रदेश अध्यक्षहरुको समर्थन

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आज भृकुटीमण्डप स्थित राष्ट्रिय सभा हलमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन् ।

औपचारिक घोषणासभा कार्यक्रममा ६ वटै प्रदेश अध्यक्षहरुले समर्थन गरेका छन् । प्रदेश नं १ का अध्यक्ष राम थापा, बाग्मती प्रदेशका अध्यक्ष विक्रम बहादुर थापा, लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप उदय, कर्णाली प्रदेशका अध्यक्ष दिप बहादुर शाही, सुदुरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जोशी लगायतका प्रदेश अध्यक्षहरुको सहभागी भएका थिए भने प्रदेश नं २ का अध्यक्ष भरत गिरी उपस्थिति नभए पनि कमल थापालाई समर्थन रहेको कुरा गिरीका निकटतम स्रोतले जनाएको छ ।

घोषणा कार्यक्रम पश्चात् लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप उदयले उर्जाशिल नेतृत्व, गतिशिलता र बैकल्पिक शक्ति निर्माणको लागि वर्तमान समयमा उपयुक्त लागेको हुनाले हामी प्रदेशहरुले कमल थापालाई समर्थन गरेको कुरा बताएका छन् ।

घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पार्टीलाई एकताबद्ध गर्ने वताएका थिए  ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077