Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रावलको पक्षमा ४२ मत खस्दा ओलीले पाए ४०० भोट (अपडेट)

चितवन । नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ।

चितवनको सौरहास्थित सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ ।

नेतृत्वको लागि केपी शर्मा ओली र भीम रावलबीच प्रतिस्पर्धा हुँदैछ।

निर्वाचन आयोगका अनुसार हालसम्म ओलीले ४०० मत ल्याउँदा रावलको पक्षमा ४२ मत मात्रै खसेको छ ।

एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको थियो ।

विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने बताइएको छ। साथै, एमालेले निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथ कार्यक्रम पनि चितवनमै आजै गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077