Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अछामबाट धनगढी आउँदै गरेको यात्रुवाहक बस कैलाशखोलामा पल्टियो, २ जनाको मृत्यु

कैलाली । अछाममा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार जिल्ला सदरमुकाम मंगलसैनबाट धनगढीका लागि छुटेको ना६ख ८२९ नम्बरको बस कैलाशखोला नजिकै दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा परी मंगलसेन नगरपालिका-१४ का ५७ बर्षीय टंकबहादुर भण्डारी र मंगलसेन नगरपालिका-१ बस्ने २१ बर्षीय एकेन्द्र थापाकाे मृत्यु भएको छ।

बसमा कति यात्रु थिए भन्ने एकिन विवरण आइनसकेको प्रहरीको भनाइ छ । दुर्घटनामा परेको बस उल्टो फर्किएकाले धेरैको मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077