Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भीम रावल र घनश्याम भुसाल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं । नेकपा एमालेका नेता भीम रावल खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

निर्वाचन समितिले घोषणा गरेको मत परिणाम अनुसार ९०४ मत पाउँदै रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

रावल अध्यक्षमा भने केपी शर्मा ओलीसँग हारेका थिए। तर, रावलले आफू केन्द्रीय सदस्यको उम्मेदवार नभएको बताइसकेका छन्। एमालेको नेतृत्वमा केपी शर्मा ओली दोस्रो पटक पुनः अध्यक्ष निर्वाचित भएका छन्।

ओलीले १ हजार ८३७ मत पाए भने अध्यक्षका अर्का उम्मेदवार भीम रावलले २२३ मत पाए। ओली समूहले रावलको नाम केन्द्रीय सदस्यमा पनि राखेको थियो। त्यस्तै उपाध्यक्षमा पराजित घनश्याम भुसाल पनि केन्द्रीय सदस्य निर्वाचित भएको निर्वाचन समितिले घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077