Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उपाध्यक्षमा हारेका भुसालले केन्द्रीय सदस्यको शपथ लिए, अध्यक्षमा पराजित रावलले के गरे ?

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भूसाल केन्द्रीय सदस्यो शपथ लिएका छन्। १० औं महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका भुसाल केन्द्रीय सदस्यमा भने विजयी भएका थिए।

एमाले महाधिवेशनमा भीम रावलसँगै ‘विद्रोही’ भूमिकामा देखिएका भुसालले अध्यक्ष केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको शपथ ग्रहण गरेका हुन्।

एमालेको विधान अनुसार पदाधिकारीका उम्मेदवार स्वतः केन्द्रीय सदस्यको उम्मेदवार हुने प्रावधान छ। उपाध्यक्षमा ७२५ मत ल्याएका भूसालले केन्द्रीय सदस्यमा १२६५ मत ल्याएका थिए।

तर अध्यक्षमा हारेका रावलले पनि शपथ लिएनन्। ९०४ मल ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भए पनि रावलले शपथ नलिएका हुन्। रावलले यसअघि नै आफ्नो उम्मेदवारी सदस्यमा नभएको भन्दै त्यसमा नबस्ने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077