Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस गण्डकी प्रदेश सभापतिमा जोशीको उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेसका नेता अर्जुनप्रसाद जोशीले नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पोखरामा आज उम्मेदवारी घोषणा गर्दै उनले गण्डकी प्रदेशमा पार्टी सङ्गठन बलियो बनाउन, कांग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरूले आग्रह गरेकाले अगाडि बढेको बताए ।

कांग्रेसको अधिवेशन केवल पार्टीका लागि मात्र नभई नेपालको राष्ट्रियतालाई बलियो बनाउनुको साथसाथै जनताको अधिकार स्थापित गर्नका लागि कोसेढुङ्गा सावित हुनुपर्ने उनले बताए ।

अधिवेशन कसैको जित हारभन्दा पनि कांग्रेसलाई जनताको पार्टी बनाउने र जनताको बीचमा स्थापित गराउने अभियानमा रहेको जोशीले स्पष्ट पारे । पर्वतमा लामो समय पार्टी सभापतिको जिम्मेवारी सम्हालेका पूर्वसांसद जोशी हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077