Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

एमाले लुम्बिनीमय ! पदाधिकारीमै ३७ प्रतिशत प्रतिनिधित्व, कसले के जिम्मेवारी पाए ?

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशनले नयाँ केन्द्रीय कमिटि चयन गरिसकेको छ। मंगलबार मतदानको परिणाम सार्वजनिक भएसँगै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी घोषणा भएको छ।

यस पटकको महाधिवेशनमा एमाले लुम्बिनीमय भएको छ। निर्वाचित १९ पदाधिकारीमध्ये लुम्बिनी प्रदेशका मात्रै ७ जना पदाधिकारी रहेका छन्। पदाधिकारीमा लुम्बिनीबाट ३७% प्रतिनिधित्व भएको छ। त्यस्तै लुम्बिनीबाट ४ दर्जनबढी नेताहरु केन्द्रीय सदस्य बनेका छन्।

लुम्बिनीबाट महत्त्वपूर्ण जिम्मेवारी पाएका नेताहरु:

रूपन्देहीका विष्णु पौडेल उपाध्यक्ष

दाङका युवराज ज्ञवाली उपाध्यक्ष

दाङका महासचिवमा शंकर पोखरेल

गुल्मीका प्रदीप ज्ञवाली उपमहासचिव

गुल्मीका गोकर्ण विष्ट सचिव

रुपन्देहीका छविलाल विश्वकर्मा सचिव

अर्घाखा‘चीका टोपबहादुर रायमाझी सचिव

रूपन्देहीका नेत्र पन्थी अनुशासन आयोगको उपाध्यक्ष

कपिलवस्तुका विष्णु पन्थी लेखा आयोगको उपाध्यक्ष

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077