Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरुवा बन्दुकसहित संखुवासभाका रामबहादुर पक्राउ

संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले एक थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको पाँचखपन नगरपालिका-५ खमारे बस्ने राम वहादुर राई रहेका छन् ।

उनलाई १ थान भरुवा बन्दुकसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

राईले भरूवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले राईको घर तलासी गर्दा उक्त बन्दुक फेला पारेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077