Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

जनकपुरधाम  । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका वडावडा नम्वर ३ लगमाका २३ वर्षीय विजय मोरबैता यादव रहेका छन् ।

जनकपुर-ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा काठमाडौंबाट घर फर्किन लागेको बेला ज१२प ५२२५ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077