Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्डकै सामुन्ने कमल थापाले भने- जनता आउ राजा ल्याउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले अबको नारा जनता आउ राजा ल्याउ रहेको बताएका छन्।

आजदेखि सुरू भएको पार्टीको एकता महाधिवेशनमा अध्यक्ष थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अगाडि 'राजा आउ देश चलाउ' नभएर 'जनता आउ राजालाई ल्याउ' भन्ने नारा रहेको बताए ।

कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यो महाधिवेशन अन्तिम एकता महाधिवेशन भएको समेत बताए । ‘यो अन्तिम एकता महाधिवेशन हो । अब भविष्यमा राप्रपालाई फुट्न नदिने संकल्प गरिसकेका छौं', थापाले भने, 'अब हामी कहिल्लै फुट्दैनौं ।'
'
अध्यक्ष थापाले महाधिवेशनले नयाँ नेतृत्व सकेसम्म सर्वसहमतिबाट चयन हुने पनि बताए । तर, कुनै कारणले सहमति नभए प्रजातान्त्रिक प्रक्रियाअनुसार निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने उनको भनाइ छ।

कार्यक्रममा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077