Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'ओमिक्रोन'को त्रास: अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न सरकारको आग्रह

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन'को जोखिम बढेको भन्दै अत्यावश्यक काम बाहेक विदेश यात्रा नगर्न आग्रह गरेको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई ध्यानमा राख्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन आग्रह गरेका हुन्।

'केही दिनअघि मात्र अफ्रिकी मुलुकमा पहिचान गरिएको ओमिक्रोन भेरिएन्ट (सार्स कोभ-२ भेरियएन्ट ओमिक्रोन) (बी.१.१.५२९) विश्वका अन्य मुलुकमा पनि तीव्ररुपमा फैलिरहेको छ,' बिज्ञप्तिमा भनिएको छ।

'विश्व स्वास्थ्य संगठनले यो भेरयण्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनी घोषणा गरिसकेको छ । हालसम्म सो भेरियन्ट नेपालमा फेला परि नसकेको र आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको' विज्ञप्तिमा उल्लेख छ।

हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077