Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशनमा सहभागी हुन चितवन गएका भगलु सदाको मृत्यु, दुवै खुट्टा भाँचिएको अवस्थामा ल्याइयाे शव

सप्तरी । एमाले महाधिवेशनमा सहभागी भएका सप्तरी सुरुंगा नगरपालिका- ३ का ३३ वर्षीय भगलु सदाको मृत्यु भएको छ । गाउँको नेताहरूसँग चितवन गएका उनको दुवै खुट्टा भाँचिएको अवस्थामा मृत्यु भएको थियो।

पारिवारिक स्रोतका अनुसार भगलुको शव पाँच दिनपछि हिजो बेलुका घर ल्याइएको थियो । महाधिवेशनकै दिन गाडीले ठक्कर दिएपछि घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको उनीसँगै गएका स्थानीयहरुको भनाइ छ।

´दुर्घटनाको बारेमा परिवारलाई कुनै जानकारी नदिई राति नै शव जलाउन खोजेका थिए, तर राष्ट्रिय दलित मुक्ति जागरण अभियानका का सदस्यरूले विराेध गरेपछि राेकियाे,’ उनका छिमेकीले भने ।

पीडित परिवारले घटनाको सत्यतथ्य छानबिन गरर दोषीलाई कारबाही, क्षतिपूर्तिको व्यवस्था र सहिद घोषणा नभएसम्म शव नजलाउने अडान लिइरहेका छन् ।

भगलुका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077