Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विप्लव नेतृत्वको नेकपा फुट्यो, 'क्रान्तिलाई फेरि नयाँ उचाइमा उठाउने घोषणा'

काठमाडौँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा औपचारिक रुपमा विभाजन भएको घोषणा गरिएको छ।

बुधबार काठमाडौंको रिपोर्टस क्लवमा आयोजित एक पत्रकार सम्मेलनमा  पार्टीका नेता तथा प्रचार विभागका प्रमुख अमर गोपालीले नेकपा विभाजन भइ नेकपा (क्रान्तिकारी) घोषणा गरिएको बताए ।

आयोजित कार्यक्रममा नेता गोपालीले विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको आरोप लगाए ।

कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा(क्रान्तिकारी)को गठन गरेको गोपालीको भनाइ छ।

उनले फेरि क्रान्तिकारी शक्तिहरुले आफ्नो सिर्जनशिलतामा नयाँ पार्टी पुनर्गठन गरी क्रान्तिलाई फेरि नयाँ उचाइमा उठाउने ऐतिहासिक कार्यभार आफ्नो पार्टीले लिएको बताए।

नवगठित पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाइएको छ । त्यस्तै, उक्त पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटी सचिवालय गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077