Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सर्वदलीय बैठक बोलाउने सभामुख सापकोटाको तयारी

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको काम कारवाहीलाई नियमित गर्न सर्वदलीयलगायत सरोकार पक्षसँग तत्काल बैठक राख्ने बताएका छन्।

बिहीबार बिहान अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १४३ औँ सम्मेलनमा सहभागी भइ स्वदेश फर्केका सभामुख सापकोटाले त्रिभुवन विमानस्थल आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्।

स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अतिविशिष्ट कक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख सापकोटाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न आफू केन्द्रित हुने धारणा राखेका थिए।

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही मङ्सिर ८ गते स्पेन प्रस्थान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077