Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राप्रपा महाधिवेशन: बन्दसत्रमा कार्यपत्रमाथि छलफल, साँझसम्म निर्वाचनको तालिका सार्वजनिक गरिने

    राप्रपा महाधिवेशन: बन्दसत्रमा कार्यपत्रमाथि छलफल, साँझसम्म निर्वाचनको तालिका सार्वजनिक गरिने

    अनलाइन नेपाल
  • बिहिबार, १६ मंसिर २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदनमा छलफल शुरु भएको छ ।

    छलफलमा देशभरबाट महाधिवेशनका लागि छनोट भएका प्रतिनिधि सहभागी छन् । यसलगत्तै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदनका साथै अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदनमा छलफल हुने नेता भुवन पाठकले जानकारी दिए ।



    महाधिवेशन प्रतिनिधिको सुझावका आधारमा आज साँझसम्म संशोधित विधान पारित तथा निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ ।



    सोहीअनुसार उम्मेदवारको मनोनय दर्ता, नामावली प्रकाशन तथा निर्वाचन गरिने छ । नेता सुन्दर पाण्डेकाअनुसार देशभरबाट चार हजार ७०० प्रतिनिधि छनोट भएका छन्।

    महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री गरी आठ पदाधिकारीसहित १९९ सदस्यीय नयाँ कार्य समिति निर्वाचित हुने छ । उपाध्यक्ष र महामन्त्रीमा कम्तिमा एक महिला निर्वाचित गर्ने व्यवस्था गरिएको छ ।

    त्यसैगरी चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्नेछ । यही मङ्सिर १५ देखि भृकुटीमण्डपमा शुरु भएको महाधिवेशन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार