Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरुवा बन्दुकसहित एक जना पक्राउ

दोलखा । प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको जिरी नगरपालिका-३ काप्साका ४९ वर्षीय राम बहादुर बस्नेत रहेका छन्।

बस्नेतले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाइ घर परिवार सँग झै-झगडा गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जिरीबाट खटिएको प्रहरीले बुधबार उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077