Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राप्रपा महाधिवेशन: महामन्त्रीमा उम्मेदवारी दिने रेखा थापाको घोषणा

काठमाडौं । नायिका रेखा थापाले राप्रपाको महामन्त्री पदमा उम्म्मेदवारी घोषणा गरेकी छिन् । काठमाडौंमा बुधबारबाट सुरु भएको राप्रपाको महाधिवेशनमा नायिका थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले आफू दर्शक नभएर खेलाडीको रूपमा जन्मिएकाले मैदानमा उत्रिएको बताइन् । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने उनको भनाइ छ ।

रेखा यसअघि अध्यक्ष पशुपति शमशेर राणा निकट थिइन् । यसपटक राणा अध्यक्षमा नउठ्ने भएका छन् । हाल तीन अध्यक्ष रहेको राप्रपामा महाधिवेशनले एकल अध्यक्ष स्थापित गर्ने भएकाले यसलाई महत्वका साथ हेरिएको छ।

पार्टीको विधानअनुसार एक महिलासहित चार उपाध्यक्ष र एक महिलासहित तीन महामन्त्री महाधिवेशनले निर्वाचित गर्नेछ ।

नायिका थापा वि.सं २०७३ मा तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाको बिचार मन पर्यो भन्दै माओवादी केन्द्र छाडेर राप्रपामा प्रवेश गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077