Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नयाँ दिल्लीका सबै विद्यालयहरु अनिश्चितकालका लागि बन्द

काठमाडौं । छिमेकी मुलुक भारतको राजधानीस्थित नयाँ दिल्लीका सबै विद्यालयहरु अनिश्चितकालका लागि बन्द गरिएको छ ।

बिहीबार दिल्लीका वातावरणमन्त्री गोपाल रायले पछिल्लो समय शहरको वायु प्रदूषण निकै खराब भएको भन्दै  शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

भारतीय समाचार माध्यम दैनिक ट्रीयुनले मन्त्री रायको भनाइ उधृत गर्दै लेखेको छ, 'शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ।'

भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको  समाचारमा उल्लेख गरिएको छ।

बुधबार अदालतले ‘वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिलकालाई भने विद्यालय जान बाध्य पारिएको’ भन्दै दिल्ली सरकारमाथि सवाल उठाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077