Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अवैध लागूऔषधसहित पोखराबाट २ युवक पक्राउ

कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा स्याङ्जा पुतलीबजार पवैगौडे घर भई हाल  पोखरा महानगरपालिका वडा नं.१५ रामबजार बस्ने २८ बर्षीय जोनि गुरुङ र तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका १६ ढोरवाराही बस्ने २६ बर्षीय पूर्णबहादुर गुरुङ रहेका छन्।

प्रहरीका अनुसार लागूऔषध कारोबार गरीरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरुलाई बुधबार छोरेपाटनबाट पक्राउ गरिएको हो।

उनीहरुको साथबाट लागूऔषध डाईजापाम-९६ एम्पुल, नुर्फिन- ९७ एम्पुल, फेनारगन- ९६ एम्पुल गरी जम्मा २८९ एम्पुल र मोवाईल थान-३ बरामद गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा दिन दश दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको  कास्की प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077