Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

तीनै तहको चुनावमा कांग्रेस एक्लै लड्छ : निधि

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी चुनावमा हालको गठबन्धनले सामझेदारी नगर्ने संकेत गरेका छन्।

बिहीबार जनकपुरमा कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कांग्रेसले तीनै तहको चुनाव एक्लै लड्ने जानकारी दिए। निधीले बहुतको सरकारको लागि कांग्रेसले तीनै तहमा एक्लै चुनाव लड्नुपर्ने बताएका हुन्।

‘यदि हामी अन्य पार्टीसँग चुनावमा सहकार्य गरेर गयौ भने कांग्रेसको सिट कम हुन जान्छ। यस्तोमा कांग्रेसले चुनावमा बहुमत ल्याउन सक्दैन। त्यसैले प्रतिनिधि सभाको १६५ सिट, प्रदेश सभाको ३३० सिट, पालिकाको ७५३ सिट र वडाको ६ हजार ७४३ वटै सिटमा कांग्रेसले एक्कै उम्मेदवारी दिनुपर्छ,’ उनले भने।

निधिले कांग्रेसका लागि मधेस उर्वराभूमि भएको पनि जानकारी दिए। कम्युनिस्ट वा कथित मदेसवादी दलहरूले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्ने निधीको दाबी छ।

कार्यक्रममा उनले भने, ‘नेपालको हरेक राजनीतिक परिवर्तनको अगुवाइ कांग्रेसले गरेको छ। संघीय लोकतान्त्रिक व्यवस्थाको संस्थागत पनि कांग्रेसले मात्रै गर्न सक्छन्। त्यसकारण हामी अन्य पार्टीभन्दा कांग्रेस जनताप्रति बढी जबाफदेही छौं।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077