Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राप्रपाको महाधिवेशन लम्बियो

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन एक दिन लम्बिने भएको छ ।

निर्वाचन कमिटीका अनुसार महाधिवेशन प्रतिनिधिको विवादका कारण महाधिवेशन एकदिन लम्बिने भएको हो।

निर्वाचन कमिटीले तोकिएको मितिमा चुनाव गराउन नसक्ने भएको छ। निर्वाचन कमिटीका एक सदस्यले भोलि बिहान साढे ७ बजेदेखि मनोनयन दर्ताको कार्यक्रम तय गरिएको र त्यसपछि दावी विरोध, उम्मेदवारको अन्तिम सूची प्रकाशित लगायतका आवश्यक तयारी गरेर शनिबारमात्रै मतदान कार्यक्रम हुनेछ।

निर्वाचन समितिले बिहीबार राति ४४७१ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको छ । त्यसमा थप ५ प्रतिशत प्रतिनिधि मनोनयन अध्यक्षत्रयले गर्न बाँकी नै रहेको बताइएको छ।

अध्यक्षका दाबेदार राजेन्द्र लिङ्देन पक्षले प्रतिनिधिमा चलखेल भएको आरोप लगाउँदै आएको थियो। त्यसपछि दुई दिनसम्म छानबिन गरेर मतदाताको सूची सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077