Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वीर अस्पतालका ल्याब टेक्निसियन शोभाचन्द्र मिश्र सरकारी सेवाबाट बर्खास्त

काठमाडौँ । सरकारले वीर अस्पतालमा कार्यरत एक जना ल्याब टेक्निसियनलाई सरकारी सेवाबाट बर्खास्त गरेको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै वीर अस्पतालमा कार्यरत शोभाचन्द्र मिश्रलाई सेवाबाट हटाइएको जानकारी दिएको हो।

अधिकृत छैटौँ तहका ल्याब टेक्निसियन मिश्रलाई लोक सेवा आयोगको उजुरी र विभागीय सजाय परामर्श शाखाको निर्णय र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ उपदफा (१) को खण्ड (ज) बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड (ख) को देहाय (१) आधारमा सेवाबाट हटाइएको मन्त्रालयले जनाएको छ ।

यस्तै, मन्त्रालयले भविस्यमा स्वास्थ्य सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जनाएको छ ।

हेर्नुहोस मन्त्रालयको विज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077