Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पदबहाली गर्दै केपी ओलीले पुरानै शैलीमा भने- संसद् चल्न दिदैनौँ, चुनावमा जानुको विकल्प छैन

    पदबहाली गर्दै केपी ओलीले पुरानै शैलीमा भने- संसद् चल्न दिदैनौँ, चुनावमा जानुको विकल्प छैन

    अनलाइन नेपाल
  • शुक्रबार, १७ मंसिर २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्नकै लागि पनि जतिसक्दो चुनावमा जानुपर्ने बताएका छन् ।

    केही दिनअघि मात्रै चितवनमा सम्पन्न भएको पार्टीको १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै यस्तो बताएका हुन्।



    अध्यक्ष ओलीले अदालतमा देखिएको अवस्था पाँचदलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको बताए  । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धनले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गरेको आरोप समेत लगाए ।



    सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिए ।

    ‘सभामुखले एमालेले निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्’, ओलीले भने, न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुको सट्टा विपरीत दिशामा अघि बढेको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार