Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जारी सिजन मेसीभन्दा रोनाल्डो निकै उत्कृष्ट, हेर्नुहोस् तथ्याङ्क

एजेन्सी । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी वर्तमान फुटबलका दुई उत्कृष्ट खेलाडी हुन्। यसो त मेसी र उनीहरुलाई सर्वकालिन महान् फुटबलर पनि मानिन्छ।

फुटबल इतिहासमा मेसी र रोनाल्डोलाई प्रतिस्पर्धामा एकदमै रोचक मानिन्छ। यसबारे धेरै चर्चा, व्याख्या, विश्लेषण र विवाद भइरहन्छ। हाल दुबै खेलाडी फुटबल करियरको उत्तराद्र्धमा आइपुगेका छन्।

जारी सिजन दुबै खेलाडीले अघिल्लो सिजन भन्दा फरक क्लबबाट खेलिरहेका छन्। मेसी फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) र रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका छन्।

जारी सिजनको क्लब तथ्याङ्कलाई हेर्दा रोनाल्डो मेसीभन्दा उत्कृष्ट देखिएका छन्। रोनाल्डोले क्लबका लागि सबै प्रतियोगितामा यस सिजन १७ खेलमा १२ गोल गरेका छन्। उनले इंग्लिस प्रिमियर लिगमा ६ गोल, च्याम्पियन्स लिगमा ६ गोल गरेका हुन्।

यो हिसाबमा रोनाल्डोको प्रतिखेलमा गोल औसत ०.७१ रहेको छ। मेसीले यस सिजन क्लबका लागि १२ खेल खेलेका छन्। त्यसमा उनले ४ गोल मात्र गरेका छन्। यो हिसाबमा मेसीको प्रतिखेलमा गोल औसत ०.३३ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077