Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कमल थापालाई रेखा थापाको ‘नो कमेन्ट’ मै रिप्लाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन जारी छ। महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचनको प्रक्रिया शुरु भइसकेको छ।

राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ। अभिनेत्री रेखा थापाले भने लिङ्देनको टिमबाट महामन्त्रीमा उम्मेदवारी दिएकी छिन्।
यसैबीच कमल थापा र रेखा थापाबीच दोहोरी चलेको छ। यसको शुरुवात भने कमल थापाले गरेका हुन्।

लिङ्देन समूहबाट महिला कोटाको महामन्त्रीकी उम्मेदवार बनेर रेखा चुनाव प्रचार प्रसारमा लागेका बेला कमलले आफ्नो ट्वीटरमा एउटा पुरानो भिडियो क्लिप सेयर गर्दै रेखाको मजाक उडाएका छन्। ‘ग्लयामर गफ’ कार्यक्रममा रेखाले आफूलाई गणतन्त्रको पक्षमा उभ्याएकी छिन्, जुन राप्रपाको वैचारिक लाइन विपरित हो।

कमल थापाले भिडियोको क्याप्सनमा लेखेका छन्, ‘हा हा हा । नो कमेन्ट।’

तर रेखा थापाले कमल थापालाई सोही शैलीमा इन्कान्टर गरेकी छिन्। उनले ट्वीटरमै कमल थापाले सेयर गरेको भिडियो क्लिप मुनी प्रतिक्रिया जनाउँदै एउटा पुरानो भिडियोको क्लिप राखेकी छिन्। जसमा उनले लेखीकी छिन्, ‘नो कमेन्ट।’

पत्रकार ऋषि धमलासँग कुरा गरेको त्यो भिडियो क्लिपमा कमल थापाले एमसीसी पारित गर्नुपर्ने मत राखेका छन्। आफूलाई अब्बल राष्ट्रवादी दावी गर्ने कमल थापालाई विवादमा तानेको थियो। चुनावको मौकामा रेखाले कमलाई प्रतिकार गर्दै त्यो भिडिओ क्लिप सेयर गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077