Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सर्वाधिक मतका साथ २४ वर्षीया शाह बने कांग्रेसको जिल्ला सदस्य

मोरङ । नेपाली कांग्रेस मोरङको जिल्ला सदस्यमा वीरेन्द्रकुमार शाह अत्यधिक मत ल्याएर विजयी भएका छन् । सबैभन्दा कान्छा उम्मेदवार २४ वर्षीय शाह अत्यधिक १३१२ मत ल्याएर विजयी भएका हुन् ।

समाजसेवासँगै राजनीतिमा होमिएका शाहलाई केही नेताहरूले बच्चै छस् भन्दै उम्मेदवारी नहाल्न भनिएको थियो । तर, राजनीतिमा लागेर केही गर्ने चाहाना बोकेका शाहले ‘आसपास’ शैलीमा लुकेर उम्मेदवारी दिएका थिए ।

जितपछि शाहले आफ्नो सामाजिक उत्तरदायित्व बढेको बताएका छन्। पदको सही सदुपयोग गर्दै अझै धेरै संगठन निर्माणको काम गर्ने उनले जानकारी दिए । उम्मेदवारी दिँदा आफूले प्रस्तावक र समर्थकसमेत नभेटेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077