Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सु: ७ वटा जहाज आकाशमै होल्ड, एउटालाई लखनाउ पठाइयो

काठमाडौं । मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण पूर्ण प्रभावित भएको छ । विमानस्थलका अनुसार आज बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिक दुवै तर्फको उडान तथा अवतरण हुन सकेको छैन ।

विमानस्थलमा भिजिबिलिटी कम हुँदा सातवटा जहाजहरु आकाशमै होल्ड भएका छन् भने एउटा जहाज भारतको लखनउ डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

आन्तरिक उडानका लागि भिजिबिलिटी आठ सय मिटर र आगमनको लागि भिजिबिलिटी १६ सय मिटर चाहिन्छ । तर, अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५ देखि ६ सय मिटर मात्रै भिजिबिलिटी भएकाले उडान अवतरण प्रभावित भएको प्रवक्ता ठाकुरको भनाइ छ।

हवाई उडान हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको चाप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077