Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाको चुनाव मेरा लागि 'लुतो न कन्याई': कलाकार दीपकराज गिरी

काठमाडौँ । कलाकार दीपकराज गिरीले काठमाडौँमा जारी राप्रपाको महाधिवेशनलाई लिएर आफ्नो धारणा सार्वजनिक गरेका छन्।

शनिबार बिहान कलाकार गिरीले सामाजिक संजालमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै आज म लेख्दै छु, राप्रपाको चुनाव मेरो लागि लुतो न कन्याइ भएको टिप्पणी गरे।

उनले नायिका रेखा थापाले राप्रपामा महामन्त्री पदमा उम्मेदवारी दिएको बिषयमा आफ्नो धारणा सार्वजनिक गरेको उल्लेख गरेका छन्।

'कलाकार रेखा थापाको उम्मेदबारी र यस सम्बन्धमा भएका बहसबाजीको बारेमा केही लेख्न मन लाग्यो, केही उठेका प्रश्नहरू भन्दै उनले प्रश्नोत्तर गरेका छन्।

उनले लेखेका छन्, १)गणतन्त्रबादी रेखा कसरी राप्रपा ?
कॉग्रेस एमाले मा पनि राजा ल्याउनु पर्छ भन्ने बिचार राख्ने मान्छेहरू छन् ,अब उनिहरू कॉग्रेस वा एमाले हुन वा होइनन ?
त्यसै गरेर राप्रपा मा पनि त राजा ल्याउनु हुन्न भन्ने धार पनि होला वा हुन सक्छ नि ……न रेखा त्यसमा पर्छिन् कि ?
२) रेखा थापालाई कुन्ता जी ले  'राजनीति ,फिल्म खेलेको जस्तो सजिलो छैन 'भन्नु भएछ, कस्ले भन्यो तपाइलाइ फिल्म खेल्न सजिलो छ भनेर… एकचोटी ट्राइ गरेर हेर्नु हुन्छ ? क्यामारा अगाडि तपाइको पसिना छुट्ने छ !!'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077