Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसी र प्रधानन्यायाधीश काण्डले गठबन्धन नटुट्ने प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्, एमसीसी, प्रधानन्यायाधीशलाई महाअभियोग, न्यायालयको विवाद देखाएर पाँचदलीय गठबन्धन नटुट्ने दाबी गरेका छन् ।

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रिय सहमतिबाट मात्र अगाडि बढ्ने बताएका उनले जबर्जस्ती गरेर पास नहुने जनाए ।

शनिबार चितवनमा भएको प्रेस सेन्टरको राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उनले सत्ता गठबन्धन भत्काउने÷टुटाउने प्रयास भइरहेको स्पष्ट पार्दै लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न र प्रतिगमनको विरुद्धमा गठबन्धन बनेको दाबी गरे।

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र एमसीसी पास गर्न संसद अधिवेशन बोलाइएको भन्दै गठबन्धनकै नेताहरुले खुलासा गरिरहेका बेला प्रचण्डबाट यस्तो धारणा सार्वजनिक भएको हो ।

सरकारले ६ वटा अध्यादेश जारी गरेपछि बिहीबार संसद् अधिवेशन बोलाएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते दिउँसो २ बजे बस्नेगरी दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077