Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेनाल्टी प्रहारमा मेसीभन्दा रोनाल्डो निकै उत्कृष्ट, यस्तो छ तथ्याङ्क

एजेन्सी । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी वर्तमान फुटबलका दुई उत्कृष्ट खेलाडी हुन्। यसो त उनीहरु दुबैलाई सर्वकालिन महान् फुटबलर पनि मानिन्छ।

फुटबल इतिहासमा मेसी र रोनाल्डोबीचको प्रतिस्पर्धालाई एकदमै रोचक मानिन्छ। यसबारे धेरै चर्चा, व्याख्या, विश्लेषण र विवाद भइरहन्छ। हाल दुबै खेलाडी फुटबल करियरको उत्तरार्द्धमा आइपुगेका छन्।

जारी सिजन दुबै खेलाडीले अघिल्लो सिजन भन्दा फरक क्लबबाट खेलिरहेका छन्। मेसी फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी) र रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका छन्।

यहाँ हामी मेसी र रोनाल्डोको पेनाल्टी गोलबारे जानकारी दिँदैछौं। रोनाल्डोले आफ्नो फुटबल करियरमा हालसम्म १७० पेनाल्टी हानेका छन्। तीमध्ये १४२ गोलमा परिणत भएका छन्। रोनाल्डोले २८ पेनाल्टी मिस गरेका छन्।

मेसीले आफ्नो करियरमा १ सय ३१ पेनाल्टी हानेका छन्। तीमध्ये १ सय २ पेनाल्टीलाई गोलमा परिणत गरेका छन् भने २९ पेनाल्टी मिस गरेका छन्।

पेनाल्टी प्रहारमा रोनाल्डो ८३.५२ प्रतिशत सफल छन् भने मेसी ७७.८७ प्रतिशत सफल छन्। पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न मेसीभन्दा रोनाल्डो उत्कृष्ट देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077