Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राप्रपा चुनाव : ७ बजेसम्म ३१ सय मत खस्यो, मतदान सकिन ६ घण्टाभन्दा बढी लाग्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ। शनिबार बिहानै शुरु हुने भनिए पनि निकै ढिलो गरी मतदान शुरु भएको थियो।

शनिबार साँझ ७ बजेसम्म करिब ३१ सय मत खसेको निर्वाचन समितिका सदस्यले बताए। सबै मतदान सकिन अझै कम्तिमा पनि ६ घण्टा लाग्ने अनुमान गरिएको छ। मतदान प्रक्रिया चलिरहेको र यही गतिमा अघि बढे राति १ बजेसम्ममा सकिने बताइएको छ।

चुनावमा कुल मतदाता ४ हजार ४६९ जनाले मतदान गर्नेछन्। यसअघि संख्या धेरै भएपनि दावी विरोधपछि निर्वाचन समितिले मतदानको अधिकार पाउने मतदाताको संख्या घटाएको थियो।

राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् भने नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077