Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रुसमा पछिल्लो २४ घण्टामा ३२ हजार ९७४ नयाँ कोरोना सङ्क्रमित

एजेन्सी । रुसमा पछिल्लो २४ घण्टामा ३२,९७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या ९,७६९,०११ पुगेको संघीय प्रतिक्रिया केन्द्रले शनिबार जनाएको छ।

बितेको २४ घण्टामा रुसका ८५ क्षेत्रहरूमा ३२,९७४ कोभिड–१९ केसहरू पुष्टि भएका छन्, जसमा क्लिनिकल लक्षणहरू नभएका २,२३२ केसहरू (६.८) छन् भने वृद्धि दर ०.३४ रहेको छ। सबैभन्दा धेरै कोरोनाभाइरस केसहरू, ३,३५६ , मस्कोमा पुष्टि भएको थियो। त्यसैगरी सेन्ट पिटर्सबर्गले २,५२८ जनामा सङ्क्रमण भएको जनाएको छ ।

त्यसपछि मस्को क्षेत्रले २,०७५ नयाँ केसहरू दर्ता गरेको छ। प्रतिक्रिया केन्द्रले कोभिड–१९ सँग सम्बन्धित सङ्क्रमणबाट १,२१५ जनाको मृत्यु भएको जनाएको छ । यो सँगै देशमा सङ्क्रमणबाट मृत्यु हुने कुल मृतकको सङ्ख्या २,८०,०७२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077