Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कांग्रेस प्रदेश १ मा मतदान सकियो, १७५२ मत खस्यो

विराटनगर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश १ मा नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। शनिबार ढिलोगरी शुरु भएको मतदान कार्यक्रम राति सम्पन्न भएको हो।

मतदानमा १८०४ मतदाता मध्ये १७५२ मत खसेको छ। प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान ढिलो शुरु भएको थियो।

मतगणना भने आइतबार बिहान ८ बजेदेखि मात्रै सुरु गरिने निर्वाचन समितिले जनाएको छ। प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट उद्धव थापा र इतर समूहबाट गुरुराज घिमिरेबीच प्रतिस्पर्धा भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077