Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अध्यक्षमा लिङ्देनसँग हारेपछि कमल थापाले के भने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा पराजित भए। उनी राजेन्द्र लिङ्दनेसँग हारेका हुन्।

थापाले आफ्नो हार स्वीकार गरेका छन्। आइतबार मतगणनामा सम्पन्न भइसकेपछि सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले निर्वाचितहरुलाई बधाइ दिएका हुन्।

फेसबुकमा उनले निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गरेको बताएका छन्। तर, निर्वाचनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप उनले लगाएका छन्।

‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो।सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ–कामना,’ थापाले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077