Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राप्रपामा आजबाट गुटको अन्त्य भयो: अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी गरेका छन् ।

आइतबार बिहान पार्टीको अध्यक्षमा निर्वाचित भएका युवा नेता लिङ्ग्देनले विजयी भएपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै पार्टीमा आजबाट गुटको अन्त्य भएको दाबी गरे।

लिङ्देनले भने, ‘आन्तरिक प्रतिस्पर्धामा हिजोसम्म जे भयो–भयो, अब आजबाट हामी सबै एक छौं, कोही कुनै पक्षका छैनौं, आजबाट कुनै गुट छैन, कोही कसैको मान्छे छैन। ’

यस्तै, अध्यक्ष लिङ्देनले आफ्नो विजयमा जुलुश ननिकाल्न र माला नलगाइदिन कार्यकर्ताहरुलाई समेत आह्वानसमेत गरेका छन् । ‘यो आन्तरिक प्रतिस्पर्धा हो, तपाईंहरुले विजय जुलुस निकाल्नु पर्दैन । माला लगाइदिनुपर्दैन ।’

राप्रपालाई पहिलो पार्टी बनाउने काममा लाग्नुपर्ने बताउँदै उनले बोलेका कुरालाई व्यवहारमा देखाउने दाबी गरे । पुराना पुस्ताका नेताहरुको साथ र सहयोगबाटै अघि बढ्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077