Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौँ प्रशासनको सूचना- पासपोर्टका लागि आवेदन दिएकाहरुले सम्पर्क राख्नु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत असोज ३१ देखि कात्तिक ५ गतेभित्र पासपोर्टका लागि आवेदन दिनेहरुका लागि एक सूचना जारी गरेको छ ।

आइतबार काठमाडौं प्रशासनले एक सूचना जारी गर्दै उक्त मितिमा पासपोर्टका आवेदन दिएकाहरुले पासपोर्टका लागि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

'वि.सं.२०७८ असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म फाराम बुझाउने महानुभावहरुको पासपोर्ट यस कार्यालयमा प्राप्त भएको छ, प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

साथै, पासपोर्ट लिन आउँदा पुरानो पासपोर्ट भए अनिवार्य, सक्कल नागरिकता वा नावालक परिचयपत्र र बैंक भौचरसाथमा लिएर कार्यालयमा सम्पर्क राख्न समेत काठमाडौं प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077