Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कमल थापाका भतिजाले राप्रपा केन्द्रीय सदस्यबाट राजिनामा दिने

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका अभिषेक थापाले पदबाट राजिनामा दिने बताएका छन् ।

पार्टीको अध्यक्षमा काका कमल थापालाई हराउन आफूहरूमाथि ठूलै षड्यन्त्र भएको जनाउदै अभिषेकले पदबाट राजिनामा दिने बताए।

'महाधिवेशनमा हामीहरुमाथि षड्यन्त्र भएको छ, नैतिकताका आधारमा पनि पदमा बस्न मिल्दैन', अभिषेक निकट स्रोतले भन्यो, 'उहाँ राजिनामाको तयारीमा हुनुहुन्छ।'

अध्यक्षमा थापा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् ।

आइतबार बिहान सार्वजनिक मत परिणामअनुसार लिङ्देनले १८ सय १७ र थापाले १६ सय १७ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077