Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुन तस्करीलाई सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी जवान पक्राउ

काठमाडौं । सुन तस्करीमा सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक प्रहरी जवान पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रहरी जवान राजेन्द्र केसी रहेका छन्।

विमानस्थल प्रहरीका अनुसार पछिल्लो समय विदेशबाट फर्कदा काँचो सुनलाई भन्सार छल्न गहना आकारको बनाएर ल्याउन थालेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचमा कडाइ गरेको थियो ।

तर, विमानस्थलमा गरिएको कडाइमा सुन पास गराउन प्रहरी जवान केसीले मुख्य भूमिका खेलेको प्रहरी स्रोतको भनाइ छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार जवान केसीले विदेशबाट आएका यात्रुको सुन समेत आफैले बोकेर पास गराउने गरेको सीसी टीभी फुटेजमा देखिएको छ । केसीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

यस कार्यमा संलग्न सुन ल्याउने यात्रु र जवान केसी दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077