Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्रोत नखुलेको ७० लाख नगदसहित दरबारमार्गबाट एक युवक पक्राउ

काठमाडौं । काठमाडौँको दरबारमार्गबाट स्रोत नखुलेको करिब ७० लाख रुपैयाँ नगदसहित एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले ६९ लाख ५० हजार रुपैयाँसहित हिरोसी खनाललाई पक्राउ गरेको हो।

दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलमा जाँच गर्दा समेत स्रोत नखुलेको उक्त रकम फेला परेपछि खनाललाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ परेका खनाललाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077