Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजेन्द्र लिङ्देनले लिए ईश्वरका नाममा सपथ, कमल थापाले गरे बहिस्कार !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा आयोजित सपथ समारोशमा उनीसहित निर्वाचित पदाधिकारीहरुले ईश्वरको नाममा सपथ लिएका छन् ।

आइतबार बिहान काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न पार्टीको एकता महाधिवेशनमा लिङ्ग्देनले प्रतिद्वन्द्वी कमल थापालाई पराजित गरेका थिए ।

लिङ्देनले थापालाई ११९ मत अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

सपथ कार्यक्रममा निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीको उपस्थित रहेको थियो भने थापा गएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077