Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

म्यानमारमा सैन्य 'कू': प्रदर्शनकारीहरूमाथि गाडी कुदाउदा ५ जनाको मृत्यु (भिडियो)

एजेन्सी । म्यानमारमा सेनाले प्रदर्शनकारीहरूमाथि गाडी कुदाउँदा पाँच जनाको मृत्यु भएको छ । समाचार संस्था रोयटर्सका अनुसार आइतबार दिउँसो रंगुनमा भएको उक्त घटनामा १५ जना घाइते भएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा सडकमा प्रदर्शनकारी हुँदा एउटा सैनिक गाडी बेतोडले आएको देखिन्छ । केही प्रदर्शनकारीलाई किचेर गाडी अघि बढेका थियो । म्यानमार गत वर्ष फेब्रुअरी १ मा सेनाले प्रजातान्त्रिक सरकारलाई हटाएर कू गरेको थियो । त्यसयता जुन्ता शासनविरूद्ध भएका प्रदर्शनमा १ हजार ३ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। सैनिक शासनविरूद्ध अहिले पनि प्रदर्शन भइरहेका छन्। म्यानमारको छाया सरकारले शान्तिपूर्ण प्रदर्शनकारीलाई सैनिक गाडीले कुल्चेर मारेको र गोली हानेको घटना हृदयविदारक भएको बताएको छ । हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077