Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सके सदन नसके सडकबाटै राजसंस्था फर्काउने अध्यक्ष लिङ्देनको उद्घोष

काठमाडौं । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रका पाका र अनुभवी नेताहरूको साथमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्न सकिने दाबी गरेका छन्।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीभित्र गुटको अन्त्य भएको दाबी समेत गरे।

सम्बोधनका क्रममा उनले सदनबाट नभए सडकबाट भए पनि राप्रपाको एजेण्डा स्थापित गराउने प्रतिबद्धता व्यक्त गरे। पार्टीमा आफू नेतृत्वमा देखिए पनि पाका र अनुभवी नेताहरू साथमा रहेकाले एजेण्डा स्थापित गराउन सकिने उनको भनाइ छ।

आफू नेतृत्वको नवनिर्वाचित पदाधिकारी र सदस्यहरूले निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाउदै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापासहित पशुपतिशमशेर जबरा र प्रकाशचन्द्र लोहनीको योगदान अझै पार्टीलाई आवश्यक रहेको बताए ।

कुनै तुष भए त्यसलाई फ्यालेर देश र जनताको हितमा काम गर्न सबै मिलेर अघि बढनुपर्ने लिङ्देनको भनाइ छ । कार्यक्रममा कमल थापा नआएकोमा खल्लो महसुस गरेका लिङ्देनले भने, ‘आजको यस कार्यक्रममा कमल थापा आउनु भएको भए सुनमा सुगन्ध हुने थियो ।’

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेण्डा लिएको  र यसलाई आफूले आत्मसाथ गर्ने लिङ्देनले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077