Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साढे ३३ किलो सुन तस्करी प्रकरण: दुबईमा पक्राउ परेका अग्रवाललाई नेपाल ल्याइयो

काठमाडौँ । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा फरार रहेका एक अभियुक्तलाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरी नेपाल ल्याउन सफल भएको छ ।

प्रहरीले इन्टरपोलबाट रेड नोटिस जारी गरिएका फरार अभियुक्त झापा साबिक शिवगंज-१ का ५० वर्षीय कृष्ण गोपाल अग्रवाललाई आइतबार प्रहरीले नेपाल ल्याएको हो।

जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।

सन्जिव शाक्यको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेती समेत भएको आपराधिक समूह स्थापना र संजाल गरी सुनको अवैध चोरी पैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तब्य ज्यान मुद्दामा संलग्न भई उनी फरार थिए ।

नेपाल प्रहरीको आग्रहमा दुई वर्षअघि नै उनी दुबइमा पक्राउ परेकोमा हालै दुबईले नेपाल डिपोर्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077