Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय सुनुवाइ समिति: राजदूत नियुक्तिमा समावेशी नभएको सांसदहरुको गुनासो

काठमाडौँ । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबार बसेको छ ।

भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतको सुनुवाइका लागि लागि सोमबार समितिको बैठक बसेको हो ।

बैठकमा सांसदहरुले उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्नेदेखि राजदूत नियुक्तमा समावेशीबारे प्रश्न उठाएका छन् ।

बैठकमा सचेतक पुष्पा भुसालले सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी रहेको बताईन् । उनले उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त नहुने उल्लेख गरिन् ।

यस्तै, नेकपा एमालेका सुमनराज प्याकुरेलले समावेशी नभएको भन्दै सरकारसँग छलफल गर्नुपर्ने बताए । समावेशी भएन भनेर उजुरी समेत आएको भन्दै उनले भने, ‘हामीले पहिला पनि समावेशी भएन भनेर भनेका हौं । यो निरन्तर कहिलेसम्म ? त्यसैले समावेशी किन भएन भनेर पहिला सरकारसँग छलफल गरौं ।’

गत ११ कात्तिमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरेको थियो।

संसदीय सुनुवाइले अनुमाेदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077