Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • क्यालिफोर्नियामा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु

    क्यालिफोर्नियामा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.3K
    SHARES

    एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।

    प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो । क्यालिफोर्नियाको लस एञ्जलसबाट करिब ३२० किलोमीटर उत्तरी क्षेत्रमा सो जहाज दुर्घटनाग्रस्त भएको थियो ।



    त्यहाँको स्थानीय भिसिला म्युनिसिपल एरपोर्टबाट उडेको केही क्षणमा नै सो विमान दुर्घटनामा परेको थियो ।



    सो जहाज छ सिट क्षमताको थियो र त्यसमा रहेका चार जना व्यक्तिको घटनास्थलामै ज्यान गएको थियो । दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको पहिचान खुल्न सकेको छैन ।

    अधिकारीहरुले सो घटनाको अनुसन्धान जारी रहेको बताएका छन् । यस विषयमा थप जानकारी प्राप्त हुन सकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार