Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जापाननजिकै जहाज डुबेर ६ चिनियाँ नागरिकसहित ८ जनाको मृत्यु

    जापाननजिकै जहाज डुबेर ६ चिनियाँ नागरिकसहित ८ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १२ माघ २०७९
  • 456
    SHARES

    एजेन्सी । जापानको तटमा एउटा जहाज डुबेर ६ चिनियाँ नागरिकसहित ८ जनाको मृत्यु भएको छ ।

    जिन टियानले मङ्गलबार साँझ सुदूर दक्षिणपश्चिम जापानको दुर्गम र बसोबास नभएको डान्जो टापुहरूबाट करिब ११० किलोमिटर पश्चिममा रहेको स्थानबाट सङ्कटको सङ्केत पठाएको थियो।



    जापानको कोस्ट गार्ड र सेनाका धेरै जहाजहरू र विमानहरू, साथै दक्षिण कोरियाली तटरक्षक र निजी जहाजहरू खोजी अभियानमा संलग्न रहेको र १३ जना चालकदलका सदस्यहरुलाई पानीबाट बाहिर निकालिएको थियो ।



    फेला परेका १३ जनामध्ये आठ जनाको मृत्यु भएको पुष्टि भएको र तीमध्ये ६ जना चिनियाँ रहेका फुकुओका सहरमा रहेको चिनियाँ कन्सुल जनरल लु गुइजुनले राज्य प्रसारक सीजीटीएनलाई बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार