Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओमिक्रोन देखिए पनि लकडाउन हुँदैन: स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन देखिए पनि लकडाउन नहुने जनाएको छ।

सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको मन्त्रालयले जनाएको हो ।

झण्डै ४० देशमा देखा परिसकेको यो भेरियन्ट  फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउनबारे निर्णय नगरेको जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सरकारले लकडाउनबारे केही निर्णय नगरेको बताए । उनले भने, ‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन । ’

उनका अनुसार ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी बनाइएको छ । उनले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्न र आफ्नो पालोमा खोप लिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077