Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • अमेरिकाका लागि प्रस्तावित राजदूत खत्रीले भने- एमसीसी लिने कि नलिने प्रष्ट हुनुपर्छ

    अमेरिकाका लागि प्रस्तावित राजदूत खत्रीले भने- एमसीसी लिने कि नलिने प्रष्ट हुनुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, २० मंसिर २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसीबारे नेपाल र अमेरिकाका अधिकारीहरुले भ्रम फैलाएको आरोप लगाएका छन् ।

    सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा खत्रीले एमसीसी लिने वा नलिने भए प्रष्टसँग अमेरिकालाई भन्नुपर्ने सुझाव दिए। ‘एमसीसीको विवादमा अल्झिएको देखिन्छ, यो लिने हो भने प्रष्ट भने हुन्छ । नलिने भए पनि अमेरिकालाई प्रष्ट भने हुन्छ’, उनले भने ।



    एमसीसी नेपालका र अमेरिकी अधिकारीका कारण विवादमा परेको उनको भनाइ थियो । एमसीसी संसद्‍बाट पारित गर्नुपर्ने कुरा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रालयको प्रस्तावमा भएको उनले बताए।



    गत ११ कात्तिमा बसेको मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि  खत्रीलाई राजदूत सिफारिस गरेको थियो।

    संसदीय सुनुवाइले अनुमाेदन गरेपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार